0%
Still working...

Jindagee (Life)

By: Milan Karki

This is a poetry about various phases of human life. It describes about seven types of life.

This is a poetry in Nepali language, which consists 12 short poems about different kind of life.

जिन्दगी काव्यका केही हरफहरुः

जन्मे गर्न श्रम नै, मर्छु गर्दा गर्दै श्रम, यही देशको भूमिमा
श्रमविहिन परजीवी जीवन हुन्छ नकाम, लिन्छु त्यो सत्य मनमा
गर्दछु जीवनभर सेवा देश मानवको, बन्दै दुःख कष्टको भागी
जन्मे, गरी श्रम बाँची मर्नलाई, फगत यही हो मेरो जिन्दगी

लाग्छ थकान गाथलाई, हुन्छ बन्द नयनहरु, हराउँछ होस जब
जान्छ घुम्न मथिंगल, देखिन्छ भोगिन्छ सब जगत सारा कुरा, रही एकैथलोमा तब
हराउँछ सब दृश्य, गुम्दछ सब कुरा, जब खुल्छ नयन जागी
रहुन्जेल देखिने, सकिएपछि सदा हराउने, फगत सपना नै हो जिन्दगी!

साथमा पैसा, धन, सम्पत्ती हुनेहरुका लागि, फगत स्वर्ग हो जिन्दगी
भई निर्धन–दरिद्र, बाँच्न संघर्ष गर्नेहरुका लागि, फगत नरक नै हो जिन्दगी
कोही काट्ने सुख स्वर्गीय, कोही जीउनका लागि यहाँ राख्नुपर्ने गाथ नै बन्धकी
हर मनुष यउटै सन्तानका बराबर धर्तीमाताकी तर किन छ फरक यो जिन्दगी

वास्तवमा यस संसारमा जन्मने हर मनुष हुन् तः फगत मात्र एक जोगी
जीउँछन् खाई मागी जीवनभर, बन्धन आफै भिख अन्तत, फगत यही हो सबको जिन्दगी
बाँच्दैछु म पनि यहां, खाई भित्र मागी, पीडा कष्ट हरपल भोगी
गर्छु अध्ययन–लेख जीवनभर, अन्तत हराउँछु धरतीमा नै, फगत यही हो मेरो जिन्दगी

Availability:

blank

Categories:

Publish Date:

1999-07-13

Published Year:

1999

Total Pages:

41

ISBN 10:

9993331058

ISBN 13:

978-9993331056

Format:

Paperback

Country:

Nepal

Language:

Nepali

Avarage Ratings:

Submit Your Review You are not allowed to submit review. please Log In